|

फुङ्लिङ ८ को वडाध्यक्ष कप भलिबल उपाधि थुम्बेदिनलाई

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज ३ । पाथीभरा याङ्वरक गाउँपालिका–६ थुम्बेदिनले तिरिङ्गेलाई पराजित गर्दै ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुमा सम्पन्न भलिबल प्रतियोगिताको उपाधि जितेको छ । सोही गाउँपालिका–३ तिरिङ्गेलाई ३–२ को सेटमा हराउँदै थुम्बेदिनले वडाध्यक्ष कप भलिबल उपाधि जितेको हो ।
फुङ्लिङ नगरपालिका–८ दोखुले आयोजना गरेको प्रथम वडाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि थुम्बेदिनले दोस्रो खेलमा २५–२१, तेस्रोमा २५–१९ र अन्तिम अर्थात पाँचौमा १५–१३ को सेटमा जित हासिल गरेको थियो । यस्तै तिरिङ्गेले भने पहिलो र चौथो दुई खेल मात्र २५–२१ र २५–२१ को सेटमा जितेको थियो ।
उपाधि विजेता थुम्बेदिनले ८० हजार रुपियाँ नगद पुरस्कारसहित प्रथम कप (ट्रफी), मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । तिरिङ्गेले भने उपविजेतामा सीमित बन्दै ५० हजार रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुपरेको छ ।
राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यसहित अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष क्षितिज सुनुवारले जानकारी दिनुभयो । गएको शनिबार सुरु भई मंगलबार सम्पन्न भएको प्रतियोगितामा आायोजकसमेत जिल्लाका विभिन्न स्थानीय तहका गरी २३ टोलीको सहभागिता रहेको थियो ।
विजेता टोलीलाई प्रदेशसभा सदस्य खगेनसिंह हाङ्गाम, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरप्रमुख अमिर मादेन लगायतले पुरस्कार रकमसहित ट्रफी, मेडल, प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts