ताप्लेजुङमा पछिल्लो ४ बर्षमा भबितव्यमा परी १ सय ७८ जनाको मृत्यु

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,साउन ५ । ताप्लेजुङमा पछिल्लो ४ बर्षमा भबितव्यमा परी १ सय ७८ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भबितव्य ज्यान,बेबारिसे ज्यान,सवारीबाट भबितव्य,शरिरमा आगो लगाई भबितव्य ,भीरबाट लडी भबितव्य र चट्याङ सहितका कारणबाट भएको भबितव्यमा परी उक्त संख्यामा मानिसको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कुशराम कार्कीका अनुसार आर्थिक बर्ष २०७६।७७ देखि आर्थिक बर्ष २०७९।८० सम्ममा उक्त संख्यामा मानिसहरुको ज्यान गएको अभिलेख प्रहरीसंग रहेको छ । प्रहरीका अनुसार आर्थिक बर्ष २०७९।८० मा उल्लेखित शीर्षकका घटनामा परी ४० जनाको ज्यान गएको छ । तिनै शीर्षकका घटनामा परी आव २०७८।७९ मा ४४ जनाको,आव २०७७।७८ मा ४८ जना र आव २०७६।७७ मा ४६ जनाको मृत्यु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts