स्वीकृति नलिई सञ्चालनमा रहेका ताप्लेजुङका निजी अस्पताल तथा मेडिकल हलहरुलाई स्वीकृतिका लागि असार मसान्त सम्मको समय

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार २१ । स्वीकृति नलिई सञ्चालनमा रहेका ताप्लेजुङका निजी अस्पताल तथा मेडिकल हलहरुलाई जिल्ला अनुगमन समितिले चालू आर्थिक बर्ष भित्रै स्वीकृति लिईसक्न निर्देशन दिएको छ । त्यो भनेको यहिँ असार मसान्त सम्मको अवधि हो ।

पटक–पटक सञ्चालन स्वीकृतिका लागि दिएका निर्देशनको पालना नभएको ठहर गर्दै जिल्ला अनुगमन समितिले असार मसान्त सम्ममा स्वीकृति नलिएका निजी अस्पताल तथा मेडिकल हलहरुलाई कानुन अनुसार गर्ने निश्कर्ष निकालेको स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख योगराज घिमिरेले जानकारी दिनुभया ।‘हामीले यो अन्तिम अवसर प्रदान गरेका छौं’स्वीकृति नलिएकाहरुले यो समयलाई अवसरको रुपमा लिनुहुने छ भन्ने बिश्वास छ’उहाँले भन्नुभयो । । अनुगमनका क्रममा सम्वन्धित निकायमा पेश हुनुपर्ने प्रतिबेदन समयमै आउन नसकेकोले अब उप्रान्त सयममै प्रतिबेदन पेश गर्न समेत अनुगमन समितिले निर्देशन दिएको घिमिरेले बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले प्रकृया र मापदण्ड पूरा गर्नैपर्ने बताउँदै अन्यथा कानुन अनुसार अघि बढ्ने जानकारी दिनुभयो । ताप्लेजुङ जिल्ला अस्पतालका डाक्टर सुरेन्द्र लिम्बूका अनुसार केहि मेडिकल हलहरुमा फोहोरको व्यवस्थापनमा मापदण्ड प्रयोग नभएको देखिएकोले तत्काल सुधार गर्न निर्देशन दिईएको छ । एक्स–रे मा कार्यरत जनशक्ति नभएको र मेसिन कक्ष समेत अनुपयुक्त रहेका स्वास्थ्य संस्थालाई तत्काल यि दुबै मापदण्ड पूरा गर्न अनुगमन समितिले भनेको छ ।

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले स्वास्थ्य जस्तो सम्बेदनशिल बिषयमा सञ्चालकहरुले सम्बेदनशिलता अपनाउनुपर्ने बताउनुभयो । स्वास्थ्य कार्यालयका ल्याव टेक्निसियन निरीक्षक गोपाल बरालले अनुगमनका क्रममा दिएका निर्देशनलाई समायावधि भित्र पूरा गर्न निजी अस्पताल तथा मेडिकल हलहरुलाई आग्रह गर्नु भएको छ ।
फोटो ः निजी अस्पताल तथा मेडिकल हलहरुले प्रतिबेदन पेश गर्न राख्नुपर्ने तथ्याङ्क अभिलेखीकरणको अवस्था बुझ्दै अनुगमन टोली ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts