पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु
ललितपुर,साउन १६ । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आईसीयूमा उपचाररत उनको शुक्रबार बिहान ९ ः १५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलाले बताउनुभयो । ललितपुर थसिखेलका बासिन्दा उहाँलाई साउन ६ गते अस्पताल भर्ना गरिएको थियो । तर उहाँ हालसालै वीरगञ्जबाट आउनु भएको थियो । स्टार अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पताल सारिएको थियो । बिहीबार मात्र वीरगन्जमा तीन जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । स्रोत ः अनलाईन खबर