| |

ताप्लेजुङमा नेत्रज्योति संघको नयाँ नेतृत्व सर्वसम्मत

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख २३ । ताप्लेजुङस्थित नेपाल नेत्रज्योति संघको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । सदरमुकाम फुङ्लिङमा शनिबार अबेर सम्पन्न संघको १० औं जिल्ला अधिवेशनले राजकुमार गुरुङ सभापति रहेको नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो ।
संघको उपसभापतिमा खगेन्द्र अधिकारी, सचिवमा डिल्लीरमण पौडेल, सहसचिव युवराज गिरी, कोषाध्यक्ष निरोज श्रेष्ठ र सहकोषध्यक्षमा लक्ष्मीमाया वनेम चयन हुनुभएको छ । सदस्यहरुमा वाङगे शेर्पा, खगेन्द्र नेपाली, कुमार श्रेष्ठ, ज्ञानबहादुर गुरुङ, आनन्द गौतम, देवराज गुरुङ र मित्राकुमारी लिम्बू चयन हुनुभएको छ ।
नेत्रज्योति संघको जिल्ला सभापतिमा राजकुमार गुरुङ र खगेन्द्र अधिकारीको दावी रहेपनि अन्तिममा आएर गुरुङ सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ । निवर्तमान कार्यसमितिमा गुरुङ उपसभापति र उज्यालो पोष्ट दैनिकका सम्पादकसमेत रहनुभएका अधिकारी सचिव हुनुहुन्थ्यो । कार्य समितिको कार्यकाल चार वर्षको हुने बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts