ताप्लेजुङको तेल्लोकस्थित घिमिरे खोलामा एक व्यक्तिको शव फेला

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,बैशाख १२ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ४ तेल्लोकस्थित घिमिरे खोलामा एक व्यक्तिको शव भेटिएको स्थानीयले बताएका छन् ।

स्थानीय लक्ष्मीप्रसाद भट्टराईले सामाजिक सञ्जालमार्फत नग्नअवस्थामा शव देखिएको तर कसको हो भन्ने पहिचान नभएको भन्दै कसैको परिवारका सदस्य हराएको भए खोजी गर्न आग्रह गर्नु भएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कुशराम कार्कीले यो बिषयमा प्रहरीलाई खबर आएको र घटनाको वास्तविक अध्ययनका लागि इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ गएको जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts