माछा मारेर फर्कने क्रममा ताप्लेजुङको हाङपाङका एक युवाको मृत्यु

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,बैशाख २ । ताप्लेजुङस्थित तमोर नदीमा माछा मार्न गएका आठराई त्रिबेणी गाउँपालिका वडा नं ३ हाङपाङका ३० बर्षिय सञ्जय आङवुहाङको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक(डिएसपी)राजन लिम्बूले आठराई त्रिबेणी गाउँपालिका वडा नं २ फुलवारी सिरुवारीस्थित तमोर नदीमा माछा कमारी फर्कने क्रममा उहाँको मृत्यु भएको जानकारी दिनुभयो । आङवुहाङको भीरबाट खसेको ढुङगाले लागेर ज्यान गएको अनुमान गरिएको छ ।

मृतकको टाउकोमा ठूलो चोट छ । आठराई त्रिवेणी गाउँपालिका–२ फुलबारीका वडाअध्यक्ष टेकिन्द्र सेन्दाङका अनुसार साँझको समयमा घटना भएको हो । शव पोष्टमार्टमका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याउन तयारी भइरहेको समेत डिएसपी लिम्बूले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts