सिदिङ्वा र पाथीभरा याङवरकमा कोशी प्रदेश तथा जिल्ला स्तरीय ब्याट मिन्टन प्रतियोगिता हुने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १३ । ताप्लेजुङको सिदिङ्वा र पाथीभरा याङवरक गाउँपालिकामा प्रदेश तथा जिल्ला स्तरीय ब्याट मिन्टन प्रतियोगिता हुने भएको छ ।
सिदिङ्वा गाउँपालिकाका जेठ १५ बाट १७ गतेसम्म र पाथीभरा याङवरक गाउँपालिकामा जेठ २१ गतेबाट २४ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो । सिदिङ्वा गाउँपालिकाको आयोजनामा पालिकाको कर्भडहलमा सञ्चालन हुने प्रतियोगिता ७ बिधामा सञ्चालन हुने भएको छ । प्रतियोगिताका सम्पर्क व्यक्ति गजेन्द्र थलङका अनुसार सिनियर ‘ए’तर्फ कोशी प्रदेश स्तरीय डबल ब्याट मिन्टन प्रतियोगिताका बिजेताले ५० हजार,उपबिजेताले ३० हजार र सेमीफाइनल पुग्नेले नगद १५ हजार रुपैयाँका साथ बिजेता खेलाडीले ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । ताप्लेजुङ,तेह्रथुम र पाँचथरका खेलाडीले सहभागी हुन पाउने पुरुष डबल ब्याट मिन्टन प्रतियोगिता ‘बी’तर्फ नगद ३० हजार तथा उपबिजेताले नगद २० हजार रुपैयाका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने गर्नेछन् । कर्मचारी र जनप्रतिनिधि डबल प्रतियोगिताका बिजेताले नगद ३० हजार तथा उपबिजेताले नगद २० हजार रुपैयाका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने थलङले जानकारी दिनुभयो ।
कोशी प्रदेश स्तरीय ४५ बर्ष माथि उमेर समूहको डबल ब्याट मिन्टन प्रतियोगिताका बिजेताले प्रतियोगिताका बिजेताले ३० हजार,उपबिजेताले २० हजार सेमीफाइनल पुग्नेले नगद १० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् । कोशी प्रदेश स्तरीय मिक्स डबल ब्याट मिन्टन प्रतियोगिताका बिजेताले २५ हजार,उपबिजेताले १५ हजार र सेमीफाईनल पुग्नेले ५ हजार रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । ताप्लेजुङ जिल्ला भरका सबै र पाँचथरका याङवरक र हिलिहाङ गाउँपालिकाका खेलाडीले सहभागी हुन पाउने महिला डबल ब्याट मिन्टन प्रतियोगिताका बिजेताले २५ हजार,उपबिजेताले १५ हजार र सेमीफाईनल पुग्नेले ५ हजार रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । स्थानीय तहका खेलाडी सहभागी हुन पाउने मिक्स डबल ब्याट मिन्टन प्रतियोगिताका बिजेताले १५ हजार,उपबिजेताले ८ हजार र सेमी फाइनल पुग्नेले ३ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने सिदिङ्वा गाउँपालिकाले जनाएको छ ।
यता पाथीभरा याङवरक गाउँपालिकामा आयोजना हुने प्रतियोगितामा ६ बिधाका खेल हुने भएका छन् । खेल संयोजक ठाकुर प्रधानका अनुसार मेन्स डबल सिनियरका बिजेताले ४० हजार,उपबिजेताले २५ हजार र सेमीफाईनल पुग्नेहरुले ७ हजार ५ सय रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् । ४५ बर्ष माथि उमेर समूहको भेट्रान्स डबल प्रतियोगिताका बिजेताले ३० हजार,उपबिजेताले २० हजार र सेमी फाइनल पुग्नेले ५ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रधानले जानकारी दिनुभयो । मिक्स डबलका बिजेताले २५ हजार,उपबिजेताले १५ हजार र सेमी फाइनल पुग्नेले ५ हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् । कर्मचारी र जनप्रतिनिधि डबलतर्फको प्रतियोगिताका बिजेताले २० हजार,उपबिजेताले १० हजार र सेमी फाइनल पुग्नेले ५ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने पाथीभरा याङवरक गाउँपालिकाले जनाएको छ । पाथीभरा याङवरक गाउँपालिका स्तरीय प्रतियोगिताका बिजेताले १० हजार र उपबिजेताले ५ हजार रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रधानले जानकारी दिनुभयो ।