स्वावलम्बन लघुबित्तको ताप्लेजुङ शाखाले गर्यो आफ्ना दिवंगत सदस्यका आफन्तलाई १ लाख ४० हजार मृत्यु दावी भुक्तानी

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,चैत २९ । स्वावलम्बन लघुबित्त बित्तीय संस्था लिमिटेड ताप्लेजुङले आफ्ना दिवंगत सदस्यका आफन्तलाई १ लाख ४० हजार रुपैंया मृत्यु दावी भुक्तानी गरेको छ ।

२०७८ साल देखि स्वावलम्बनका कर्जा सदस्य भएर कारोवार गर्दै आउनु भएकी फुङलिङ नगरपालिका वडा नं ८ की ५० बर्षिया देउमाया लिम्बूको मृत्युपछि उहाँका श्रीमान् जीतबहादुर पालुङ्वालाई स्वावलम्बनले उक्त रकम बराबरको मृत्यु दावी भुक्तानी गरेको छ । शाखा प्रवन्धक सुदिप पोखरेलले मृतक सदस्यका श्रीमानलाई उक्त रकम बराबरको चेक र समबेदनापत्र हस्तान्तरण गर्नु भएको छ स्वावलम्बनका कर्जा सदस्य देवीमायाको गत चैत ६ गते मृत्यु भएको थियो ।

पोखरेलका अनुसार १ लाख ४० हजार रुपैंया कर्जा लिएका बखत देवीमायाबाट बीमाबापत ६ सय ४४ रुपैयाँ थप रकम लिएर स्वावलम्बनले बीमा प्रिमियम वापतको रकम तिरिदिएको थियो । कर्जाधनी देवीमायाले कर्जा वापत ६१ हजार लघुबिक्तलाई भुक्तानी गरेर ७९ हजार रुपैयाँ तिर्न बाँकी थियो । कर्जा रकम कटाएर बित्तीय संस्थाले देवीमायाका श्रीमानलाई ६१ हजार रुपैयाँ खुद रकम दिएको छ ।‘कर्जा लिएको समेत गरी उहाँले बीमा रकम प्राप्त गर्नु भएको छ’स्वावलम्बनका ताप्लेजुङ शाखा प्रवन्धक पोखरेलले भन्नुभयो । उहाँले सानो रकम लिएर सुरु गरिएको बीमा वापतको रकमले कर्जा सुरक्षण सहित थप रकम पाउँदा दुःखका बेला सहयोग मिल्ने बताउनुभयो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts