बेस स्टेशनबाट पाथीभरा क्षेत्रमा केवलकार निर्माण कार्य सुरु भएको निर्माण कम्पनीको भनाई

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ ८ । ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिरमा निर्माण हुने केवलकारको बेस स्टेसन क्षेत्रमा स्काभेटरमार्फत काम सुरु गरिएको निर्माण कम्पनीले बताएको छ ।
निर्माण सामाग्री सहित पुगेको कम्पनीको स्काभेटरले मंगलवार बिहानबाट बेस स्टेशन क्षेत्रबाट काम अघि बढाएको निर्माण कम्पनी हिमालयन कन्स्ट्रक्सनका प्रोपाइटर इन्द्र केदेमले जानकारी दिनुभयो । केदेमका अनुसार अबको १५ महिना भित्रमा केवलकार निर्माण कार्य पूरा गर्ने गरी काम अघि बढाईएको छ ।
गत कात्तिक २३ गते केवलकार निर्माणको बेस स्टेशन क्षेत्रमा शिलान्यास गरी कार्य अघि बढाउन स्काभेटर लैजाने क्रममा केवलकार निर्माण गर्न नहुने पक्षधर र निर्माण पक्षधरबिच झडप समेत भएको थियो ।