पालुङ्वाको निधनमा जिल्ला प्याब्सन ताप्लेजुङले दियो भदौ ३० गते एकदिन शोक बिदा

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २९ । ताप्लेजुङ प्याब्सनका संस्थापक अध्यक्ष काजीमान पालुङ्वाको निधनमा जिल्ला प्याब्सन ताप्लेजुङले भदौ ३० गते मंगलवार एकदिनका लागि शोक बिदा दिएको छ ।

जिल्ला प्याब्सन ताप्लेजुङका अध्यक्ष देवराज गुरुङ र सचिव तरुण भारतीले सोमवार एक विज्ञप्ति जारी गर्दै मंगलवार एकदिनका लागि ताप्लेजुङ प्याब्सन अन्तरगतका सबै बिद्यालयहरुमा शोक बिदा दिएको जानकारी दिनु भएको छ । पालुङ्वाको निधनप्रति उहाँ संस्थापक प्रिन्सिपल रहेको कञ्चनजंघा आवसीय माध्यमिक बिद्यालयले भने भदौ २९,३० र ३१ गते तीनदिन शोक बिदा दिएको छ ।

२०२४ साल बैशाख १५ गते जन्मिनु भएका पालुङ्वाको २०८३ साल भदौ २७ गते निधन भएको थियो । उहाँ विगत केहि समय देखि फोक्सोको क्यान्सरबाट ग्रसित भई काठमाडौंमा उपचाररत रहनु भएको थियो । ताप्लेजुङ प्याब्सनका संस्थापक अध्यक्ष पालुङ्वा दुईपटक प्याब्सनको केन्द्रीय सदस्य समेत हुनु भएको थियो ।

फुङलिङ नगरपालिका वडा नं २ स्थित बालसुबोधिनी संस्कृत माध्यमिक बिद्यालयको अंग्रेजी शिक्षकको रुपमा शैक्षिक क्षेत्रमा प्रवेश गर्नु भएका उहाँ कञ्चनजंघा आवासीय माविको फाउण्डर र संस्थापक प्रिन्सिपल रहनु भएको थियो ।

Similar Posts