तीजका अवसरमा मैवाखोलामा ४ बिधाका प्रतियोगिता हुने

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २५ । हरितालिका तीजको अवसरमा ताप्लेजुङकोे मैवाखोला गाउँपालिकाले चारबिधामा प्रतिश्पर्धात्मक प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत टसी शेर्पाका अनुसार नृत्य प्रतियोगिता,बाती कात्ने प्रतियोगिता,टपरी गाँस्ने प्रतियोगिता र म्युजिकल चेयर सञ्चालन हुने छ । नृत्य प्रतियोगितातर्फ प्रथम हुनेले ५ हजार,द्धितीय हुनेले ३ हजार र तृतीय हुनेले २ हजार रुपैयाँका साथ प्रमाणपत्र पाउने भएका छन् ।

बात्ति कात्ने,टपरी गाँस्ने र म्युजिकल चेयर प्रतियोगिताका बिजेताले समान तहको पुरस्कार पाउने भएका छन् । यि प्रतियोगिताका प्रत्येक बिधामा प्रथम हुनेले १ हजार,द्धितीय हुनेले ८ सय र तृतीय हुनेले नगद ५ सय रुपैयाँका साथ प्रमाणपत्र प्राप्त गर्ने मैवाखोला गाउँपालिकाले जनाएको छ । मैवाखोला गाउँपालिकाको प्रागंणमा भदौ २९ गते बिहान १० बजे देखि कार्यक्रम सञ्चालन हुने गाउँपालिकाले जानकारी दिएको छ ।

Similar Posts