प्रसह गच्छदार साउन महिनाको उत्कृष्ट प्रहरी घोषित

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ १३ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी सहायक हवल्दार चन्दनकुमार गच्छदार साउन महिनाको उत्कृष्ट प्रहरी बन्नु भएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पेशागत व्यवसायिकता,लगनशीलता,कर्तव्यनिष्ठ,इमान्दारितापूर्वक र रचनात्मक कार्य सम्पादन गरेवापत गच्छदारलाई उत्कृष्ट प्रहरीको रुपमा सम्मान गरेको हो । जिल्ला प्रहरी प्रमुख(डिएसपी)कमल बजगाँईले आफ्नो जिम्मेवारीप्रति पूर्ण बफादार रही अनुशासित एवम् इमान्दारिताका साथ कार्य सम्पादन गरी प्रहरी संगठनको गरिमा श्रीबृद्धिका लागि त्रुटीरहित तवरले कार्य सम्पादन गरेको आधारमा गच्छदारलाई साउन महिनाको उत्कृष्ट प्रहरीको रुपमा सम्मान गरिएको जानकारी दिनुभयो ।

गच्छदारले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ६ स्थित कञ्चनजंघा बेस क्याम्प तथा हिमालको भ्रमण गर्न जाने घुन्सा प्रवेशद्धारमा चेकजाँचको क्रममा राहदानीको म्याद सकिएको,रुट परमिट समेत नभएका एक श्रीलंकन नागरिक हर्षा ऐनस्लेलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमार्फत आवश्यक कारवाहीका लागि अध्यागमन कार्यालय झापामा बुझाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको डिएसपी बजगाँईले जानकारी दिनुभयो ।

Similar Posts