राश्वपा ताप्लेजुङमा र्यापिड एक्सन टिम गठन
उज्यालो पोष्ट
ताप्लेजुङ,असोज २८ । राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङले जिल्ला र पालिका स्तरमा र्यापिड एक्सन टिम’(आरएटी) गठन गरी जिम्मेवारी दिएको छ ।
राश्वपा ताप्लेजुङका सहसचिव गोपाल गुरागाँईका अनुसार आरएटी जिल्ला सभापतिमा टीका फुरुम्बो,उपसभापतिद्धयमा प्रताप गुरुङ र अमृता तामाङ,सचिवमा सागर गौतम र सहसचिवमा विपुल कार्की रहनु भएको छ । फुङलिङ नगर संयोजकमा प्रकाश विश्वकर्मा,सहसंयोजकमा सोनाम तबेबुङ लिम्बू,सचिवमा विज्ञान गुरुङ रहनु भएको छ ।
मैवाखोला संयोजकमा प्रेम लिम्बू,पाथीभरा याङवरकमा नवीन भट्टराई,मेरिङदेनमा समिर लिम्बू,फक्ताङलुङमा मदन शेर्पा र सिरिजङ्गामा सन्तोष मावो संयोजक तोकिनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य लालबिक्रम थापाको बिशेष उपस्थिति तथा जिल्ला सभापति राजन गुरुङसहितका पदाधिकारी एवम् पालिका सभापतिसहितका नेता तथा कार्यकर्ताको भेलामार्फत राश्वपाले भातृ संगठन र्यापिड एक्सन टिम गठन गरेको हो ।