मैवाखोलाको नारायणी माविका उत्कृष्ट तीन बिद्यार्थीले पाए १ लाख रुपैयाँ पुरस्कार

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन ३० । ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ३ साँघुस्थित नारायणी मावि साँघुबाट २०८२ सालको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने तीन बिद्यार्थीले १ लाख रुपैयाँ पुरस्कार पाएका छन् ।

बिद्यालयका निमित्त प्रधानाध्यापक रुपनारायण घिमिरेका अनुसार सर्बोत्कृष्ट अंक ल्याउने सृष्टी लिम्बू(३.६८ जिपिए)ले नगद ५० हजार,सञ्जु राई(३.६४ जिपिए)ले ३० हजार र सोनिमा तामाङ(३.६१ जिपिए)ले २० हजार रुपैयाँ नगद पुरस्कार पाउनु भएको छ । मैवाखोला गाउँपालिका वडा नं ३ साँघुमा जन्म भई हाल अमेरिकामा बस्नुहुने डाक्टर हरिराज भट्टराईले उहाँका बुबा पण्डित बैजनाथ तथा आमा यमुनादेवीको स्मरणमा प्राप्त भएको १ लाख रुपैयाँ रकमबाट उत्कृष्ट तीन बिद्यार्थीलाई पुरस्कृत गरिएको बिद्यालयले जनाएको छ ।

लगनशिल,मेहनेती तथा उत्कृष्ट बिद्यार्थीको सिकाई उत्प्रेरणा जागृत हुनेगरी पुरस्कार रकमको व्यवस्थापन गरेकोमा बिद्यालयले भट्टराई परिवारप्रति आभार प्रकट गरेको छ । नारायणी माविमा अहिले पूर्वाञ्चल विश्व बिद्यालयबाट सम्वन्धन प्राप्त गरी स्नातकतहसम्मको अध्ययन हुँदै आएको छ । मैवाखोलाको साँघु बाहेक अहिले ताप्लेजुङमा अहिले फुङलिङस्थित पाथीभरा बहुमुखी क्याम्पसमा स्नातकोत्तर तथा सिरिजङ्गाको सिनामस्थित सिनाम क्याम्पसमा स्नातकतहसम्मको अध्यापन हुँदै आएको छ ।

Similar Posts