लिम्बूदिनमा भदौ १२ देखि अन्तरपालिका भलिबल हुने

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन २८ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ५ लिम्बूदिनमा आउँदो भदौ १२ गते देखि अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

सिदिङ्वा गाउँपालिका वडा नं ५ लिम्बूदिन तथा लाखेजात्रा सञ्चालन समिति लिम्बूदिनको आयोजनामा भञ्ज्याङ माविको खेल मैदानमा भदौ १५ सम्म प्रतियोगिता सञ्चालन हुने अध्यक्ष टीकाप्रसाद लिम्बूले जानकारी दिनुभयो । लाखेजात्रा पर्वको अवसरमा आयोजित भलिबल प्रतियोगिताका बिजेताले नगद २ लाख तथा उपबिजेताले १ लाख रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् ।

आयोजक समितिका सचिव रेम्बो इदिङ्गोका अनुसार बिधागत पुरस्कारतर्फ सर्बोत्कृष्ट खेलाडीलाई नगद ५ हजार तथा बेष्ट सर्भर,बेष्ट ब्लकर,बेष्ट सेटर,बेष्ट लिब्रो र बेष्ट स्पाईकरलाई जनही नगद ३ हजार रुपैयाँका दरले पुरस्कृत गरिने छ । प्रत्येक दिनका म्यान अफ द म्याच हुनेलाई नगद १ हजार रुपैयाँका साथ ट्रफी प्रदान गरिने भएको छ ।

Similar Posts