लाखेजात्रा सञ्चालन समितिद्धारा गोल्डकपको नयाँ टिकट दर सार्वजनिक,सबै खेलका लागि जनही १९०० तिरे हुने

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन २६ । लाखेजात्रा सञ्चालन समितिले भदौ १२ गते देखि हुने चौथो संस्करणको ताप्लेजुङ गोल्डकपको टिकट दर यसअघि सार्वजनिक गरिएको दर भन्दा कम हुने गरी निर्धारण गरेको छ ।

लाखे जात्रा सञ्चालन समितिको मंगलवारको बैठकले क्वाटर फाईनलका ४ खेलमा प्रत्येक खेलको टिकट दर जनही २ सय रुपैयाँ,सेमी फाईनलका दुई खेलको टिकट दर प्रति खेल जनही ३ सय रुपैयाँ र फाइनल खेलको टिकट दर जनही ५ सय रुपैयाँ निर्धारण गरेको लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिनुभयो । अब ताप्लेजुङ गोल्डकपका क्वाटर फाइनलका ४ खेल,सेमी फाइनलका २ खेल र फाइनलको एक खेल गरी गोल्डकपका सबै ७ खेल अवलोकन गर्न एकजना व्यक्तिले १ हजार ९ सय रुपैयाँ तिरे पुग्छ । लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष मादेनले मंगलवार साँझ एक भिडियो सन्देशमार्फत गोल्डकपका लागि यसअघि भनिएको दरमा लाभग्राहीहरुकै सल्लाह बमोजिम नयाँ टिकटदर निर्धारण गरिएको जानकारी दिनु भएको छ ।

यसअघि लाखेजात्रा सञ्चालन समितिले पत्रकार सम्मेलनमार्फत क्वाटर फाईनलका ४ खेलका लागि प्रत्येक खेलको टिकट दर जनही ३ सय,सेमी फाइनलका दुई खेल मध्ये प्रत्येक खेलको टिकट दर ५ सय र फाईनल खेलको टिकट दर १ हजार रुपैयाँ हुने बताएको थियो । उतिबेला भनिए अनुसारको टिकट दर कायम हुँदा गोल्डकपका सबै खेल अवलोकन गर्न प्रत्येक व्यक्तिले ३ हजार २ सय रुपैयाँ तिनुपर्ने हुन्थ्यो । समितिले प्याकेज टिकट भने जनही ३ हजार रुपैयाँ कायम गरेको थियो । अहिले गोल्डपको टिकट दरमा नयाँ दर निर्धारण भएको छ ।

 

Similar Posts