प्रजिअ सेढाँइको सरुवा,दाहाल ताप्लेजुङको प्रजिअ

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार २० । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँको सरुवा भएको छ । २०८२ साल भदौ १० गते ताप्लेजुङको प्रमुख जिल्ला अधिकारीको रुपमा पद वहाली गर्नु भएका सेढाइँको साढे १० महिनामा सरुवा भएको छ ।

सेढाइँ ताप्लेजुङको ८ महिना कार्यकाल पूरा भएपछि सरुवाका लागि पहल गरिरहनु भएको थियो । ८ महिना अवधि पूरा भएपछि उहाँ सरुवाका लागि ७ दिनको बिदा लिएर काठमाडौं जानु भएको थियो । सेढाँइको सरुवा भएसंगै ताप्लेजुङको प्रमुख जिल्ला अधिकारीको रुपमा उमेश दाहाल आउनु हुने भएको छ । दाहाल सुनसरीको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीबाट ताप्लेजुङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा सरुवा हुनु भएको छ ।

समय पालनामा चुस्त ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी सेढाइँ सेवाग्राहीको भावना अनुसार चल्न सक्ने,कानुनी र व्यवहारिक दुबै बिषयका आधारमा निर्णय लिन सक्ने,सेवाग्राहीमैत्री र जनभावना अनुसार सेवा प्रदान गर्न सक्ने व्यक्तिको रुपमा स्थापित नाम हो ।

सेढाइँले बहु प्रतिक्षित फुङलिङ नगरपालिकाको बिबादमा फसेको सार्वजनिक खुल्ला मञ्चको बिबाद समाधान गर्न उल्लेखनीय काम गरेको बताइन्छ । सेवाग्राहीको भावना अनुसार सेढाइँले जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहलाई व्यवस्थित गरी तोक आदेश दिने देखि नागरिकता र राहदानी बितरण प्रकृयालाई व्यवस्थित गर्न सहायक प्रमुख जिल्ला अधिकारीलाई समेत कार्यकक्षबाट सम्वन्धित फाँटमै केन्द्रित गरी सेवा प्रवाह सहज बनाउनु भएको छ ।

Similar Posts