आइएमई लाईफ इन्स्योरेन्सले फुङलिङको समता बिद्यालयलाई दियो एकलाख रुपैयाँ

उज्यालो पोष्ट
ताप्लेजुङ,असार २० । आइएमई लाईफ इन्स्योरेन्स कम्पनीले ताप्लेजुङको एक विद्यालयलाई १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

सामाजिक उत्तर दायित्व अन्तरगत फुङलिङस्थित समता विद्यालयलाई आइएमई लाईफ इन्स्योरेन्स कम्पनीले १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो । उक्त चेक आइएमई लाईफ इन्स्योरेन्स कम्पनी कोशी प्रदेश संयोजक छवि मगरकोतर्फबाट कम्पनीका प्रतिनिधि कुमारी गुरुङले बिद्यालयका प्रिन्सिपल कैलाश गुरुङलाई हस्तान्तरण गर्नु भएको छ । 

शिक्षामा समान पहुँच प्रदान गर्ने उद्देश्यका साथ यसपटकको सामाजिक उत्तर दायित्व अन्तरगतको रकम समता बिद्यालयलाई सर्मपित गरेको कम्पनी कोशी प्रदेश संयोजक मगरले बताउनुभयो । सो कार्यक्रममा सोही विद्यालयका शिक्षक, विद्यार्थी,कम्पनीका बीमा अभियान्ता,स्थानीय सरोकारवाला व्यक्ति हरुको उपस्थिति रहेको थियो ।
समता बिद्यालयलाई एकलाख रुपैयाँको चेक हस्तान्तरण गर्दै आइएमई लाईफ इन्स्योरेन्स कम्पनीका प्रतिनिधि ।

Similar Posts