फुरुम्बुमा सञ्चालित ५ दिने उद्घोषण सम्वन्धी तालिम सम्पन्न

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख १२ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बुमा सञ्चालित पाँचदिने उद्घोषण तथा भाषणकला सम्वन्धी तालिम शनिवार सकिएको छ । बैशाख ८ गतेबाट सुरु भएको तालिम शनिवार सकिएको हो ।

तालिमका सहभागीलाई प्रमाणपत्र बितरण गर्दै फुङलिङ नगरप्रमुख अमिर मादेनले प्राप्त सीपको भरपूर र व्यवसायिक उपयोगमा गर्न सहभागीलाई आग्रह गर्नु भएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नगरप्रमुख मादेनले व्यक्तिको अभिव्यक्ति कलाले नेतृत्व सीपको क्षमता दर्शाउने भएकोले तालिमका सहभागीहरुले आफुलाई प्राप्त सीपलाई व्यवहारिक जीवनमा प्रयोग गरेर उच्चतम् सफलता हाँसिल गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका अध्यक्ष तथा फुङलिङ नगरपालिका वडा नं १० का वडाध्यक्ष सन्तोष लिम्बूले फुङलिङ नगरपालिका वडा नं १० भित्रका महिलाहरुको अभिव्यक्ति कलाको विकासका लागि आयोजित कार्यक्रममार्फत वडाभित्रका महिलाले आफ्नो वाल तथा अभिव्यक्ति कलाको विकास गरेको अनुभूत आफुले गरेको बताउनुभयो ।

पाँचदिने तालिमको सहजीकरण गर्नु भएका पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारीले तालिमका सहभागीको तालिम लिने हुटहुटीले र जाँगरले आफुलाई उत्साहित बनाएको बताउनुभयो । फुङलिङ नगरपालिका वडा नं १० का वडा सचिव सचिन रेग्मीका अनुसार तालिममा फुरुम्बुका ३० जना महिलाको सहभागिता रहेको थियो । तालिम समापन समारोहमा फुङलिङ नगरपालिका वडा नं १० का वडा सदस्य प्रेमकुमार लिम्बू र पम्फा दमाई सहितको उपस्थिति रहेको थियो । तालिम समापन समारोहमा सहभागीकातर्फबाट एशिका दाहाल,सन्ध्या लिम्बू,तारा लिम्बू,कल्पना लिम्बू र सविना शेर्पाले तालिमबाट प्राप्त सीप र तालिको उपलब्धी बारे चर्चा गर्नु भएको थियो ।

Similar Posts