उत्कृष्ट बगैंचा निर्माण गर्ने मेरिङदेनका सामुदायिक बिद्यालय पुरस्कृत हुने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख १० । बिद्यालय परिसरमा उत्कृष्ट बगैंचा निर्माण गर्ने ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका सामुदायिक बिद्यालयलाई पालिकाले पुरस्कृत गर्ने भएको छ ।
मेरिङदेन गाउँपालिकाका शिक्षा अधिकृत खगेन्द्र कुमालका अनुसार‘एक बिद्यालय,एक बगैंचा’कार्यक्रम अन्तरगत बगैंचा निर्माणमा पहिलो हुनेलाई नगद ५० हजार,द्धितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई नगद २० हजार रुपैयाँ प्रदान गरिने भएको छ ।
‘एक बिद्यालय,एक बगैंचा’कार्यक्रम मेरिङदेन गाउँपालिकाका सम्पूर्ण सामुदायिक बिद्यालयमा अनिवार्य रुपमा सञ्चालन गरिने पालिकाले जनाएको छ । पालिकाले २०८३ साल असार दोस्रो साता भित्र सामुदायिक बिद्यालयमा निर्माण गरिएका बगैंचाको अनुगमन तथा मूल्याङ्कन गरी उत्कृष्छ छनौट गरी पुरस्कृत गर्ने भएको छ ।
पालिकाको १९ औं हिउँदे अधिबेशनको संशोधित बजेटबाट चालु आर्थिक बर्ष २०८२।८३ मा उक्त कार्यक्रम सञ्चालन गरिएको पालिकाले जनाएको छ ।