आधा भरिएको सिलिण्डरको मूल्य ताप्लेजुङमा १३ सय !

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत ३ । पेट्रोलियम पदार्थमा भएको भारी मूल्य बृद्धि र वजन कम भएपनि ढुवानीका क्रममा सिलिण्डरले ओगट्ने स्थानका कारण ताप्लेजुङका उपभोक्ताले आधा भरिएको एलपी ग्याँसमा महंगीको सामना गर्नुपर्ने भएको छ ।

ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष विकास गौतमका अनुसार बुधवार भएको जिल्लाका ग्याँस सिलिण्डर बिक्रेताहरुको भेलाले आधा भरिएको खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिण्डर १ हजार ३ सय रुपैयाँ निर्धारण गर्ने निर्णय लिएको छ । यसअघि फुङलिङमा पूरा भरिएको एलपी ग्याँस (१४.२ किलोग्राम)प्रति सिलिण्डर २ हजार २ सय रुपैयाँमा बिक्री हुँदै आएको थियो । अब ७.१ किलोग्राम वजनको आधा भरिएको सिलिण्डरका लागि उपभोक्ताले प्रति सिलिण्डर १ हजार ३ सय रुपैयाँ तिर्नुपर्ने भएको छ । नेपाल आयल निगमले ७.१ किलोग्राम वजनको आधा भरिएको सिलिण्डर प्रतिगोटा ९ सय ५५ रुपैयाँमा बिक्री गर्न भनेको थियो ।

ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गौतम पेट्रोलियम पदार्थमा भएको भारी मूल्य बृद्धि र वजन कम भएपनि ढुवानीका क्रममा सिलिण्डरले ओगट्ने स्थानका कारण वजन घटेपनि ढुवानीका कारण केहि महंगो पर्न जाने अवस्था आएको बताउँनुहुन्छ । ढुवानीकर्ताले मालबाहक सवारीमा आधा भरिएको र पूरै भरिएको ग्याँस सिलिण्डरले उतिनै स्थान ओगट्नृ र ढुवानी उतिनै पर्न जाने बताएको र पछिल्लो समय बढेको पेट्रोलियम पदार्थको मूल्यका कारण यस्तो अवस्था आएको गौतमको भनाई छ ।‘ग्याँस सिलिण्डर बिक्रेताले धेरै छलफल गरी उक्त मूल्यमा सहमति कायम भएको हो’गौतमले भन्नुभयो ।

ग्याँस सिलिण्डर बिक्रेताले यो अवस्था बारे प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँलाई यसअघि नै अवगत गराएका थिए । यो अवस्था देखेपछि प्रजिअ सेढाइँले ढुवानीका कारण आधा भरिएको सिलिण्डरको सट्टा ताप्लेजुङका लागि भने १४.२ किलोग्राम वजनकै पूरा भरिएको सिलिण्डरको व्यवस्था गर्न सम्वन्धित निकायमा पत्राचार समेत गर्नु भएको थियो । तर पूरा भरिएको सिलिण्डर भने पाइएन ।

 

Similar Posts