सतप्रतिशतसम्म छात्रबृत्ति दिदैं फक्ताङलुङ
उज्यालो पोष्ट
ताप्लेजुङ,माघ १२ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले ताप्लेजुङ जिल्ला भित्रका सामुदायिक क्याम्पसहरुमा भर्नाभई नियमित रुपले पठनपाठन गर्दै आएका पालिकाका बिद्यार्थीलाई सतप्रतिशत छात्रबृत्ति दिने भएको छ ।
पालिकाका शाखा प्रमुख जयप्रसाद रिजालका अनुसार पालिका भित्रका सामुदायिक बिद्यालयमा पठपाठन नहुने संकायको कक्षा ११ र १२ वा जिल्ला भित्रका बिद्यालयहरुमा प्राविधिक शिक्षा पढ्ने बिद्यार्थीलाई ५० प्रतिशत छात्रबृत्ति दिइने छ ।
रिजालका अनुसार फक्ताङलुङ गाउँपालिकाका स्थायी बासिन्दा,पालिकाकै सामुदायिक बिद्यालयबाट माध्यमिक शिक्षा परीक्षा(एसईई)उर्तीण भएको र ताप्लेजुङ जिल्ला भित्रका सरकारी वा सामुदायिक क्याम्पसहरुमा नियमित रुपले अध्ययन गर्दै गरेका बिद्यार्थीले सतप्रतिशत छात्रबृत्ति पाउने भएका छन् ।
पालिकाले शैक्षिक छात्रबृत्ति व्यवस्थापन कार्यविधि २०८० का सर्त र प्रकृयाका आधारमा चालु आर्थिक बर्ष २०८२।८३ को बार्षिक स्वीकृत बजेटबाट छात्रबृत्ति दिन लागेको हो ।