एकीकृत घुम्ति शिविर सञ्चालन गर्दै पाथीभरा याङवरक

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ ११ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले माघ १४ गतेदेखि २० गतेसम्म एकीकृत घुम्ति सेवा शिविर सञ्चालन गर्ने भएको छ ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत इन्द्रकमल श्रेष्ठका अनुसार माघ १४ गते देखि २० गतेसम्म पालिकाले प्रत्येक वडाबाटै सेवा उपलब्ध गराउन लागेको हो । श्रेष्ठका अनुसार माघ १४ गते वडा नं ३ तिरिङ्गेमा,माघ १५ गते वडा नं १ नाङखोल्याङमा,माघ १८ गते वडा नं ४ डुम्रिसेमा,माघ १९ गते वडा नं ५ चाक्सिबोटेमा र माघ २० गते वडा नं ६ थुम्बेदिनमा शिविर सञ्चालन हुने छ ।

शिविरमा सामाजिक सुरक्षा भत्ता बितरण,६० बर्ष भन्दा माथि उमेर समूहका नागरिकको सामान्य स्वास्थ्य परीक्षण र ८६ बर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान गरिने छ ।

Similar Posts