पुस महिनामा पाथीभरामा २४ लाख बढी भेटी
उज्यालो पोष्ट
ताप्लेजुङ,माघ १ । पुस महिनामा ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट २४ लाख २५ हजार रुपैयाँ भेटी संकलन भएको छ ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार पुस महिनामा ५ हजार ९ सय ११ जना जनाले पाथीभरा मन्दिरको दर्शन गरेका छन् ।
पाथीभरा क्षेत्र विकास समितिले हरेक महिना गणना भएको भेटीलाई महिना समाप्त भएपछि सार्वजनिक गर्ने गरेको छ ।