शैक्षिक सामग्री बितरण गर्दै सञ्चारकर्मी लामगादेले मनाए जन्मोत्सव

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ १ । ताप्लेजुङका सञ्चारकर्मी बिक्रम लामगादेले आफ्नो जन्मदिनको अवसरमा फुङलिङस्थत बालमन्दिर आधारभूत बिद्यालयका ७५ बिद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्नु भएको छ ।

रेडियो तमोरको समाचार प्रमुखमा कार्यरत लामगादेले बिद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्दै आफ्नो जन्मदिन बिद्यालयमै मनाउनु भएको हो । बिद्यालयका प्रधानाध्यापक धर्मप्रसाद पौड्यालले जन्मदिनको अवसरमा रचनात्मक काम गर्ने सञ्चारकर्मी लामगादेप्रति आभार व्यक्त गर्नु भएको छ । लामगादेले अघिल्लो बर्षपनि आफ्नो जन्मदिनको अवसरमा सोहि बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेर जन्मदिन मनाउनु भएको थियो ।

जन्मदिनका बेला केक काट्ने,साथीभाईसंग रमाइलोमा दिन बिताउने सहितका फजुल खर्च गर्नु भन्दा बिपन्न,असाहाय र शैक्षिक क्षेत्रमा टेवा पुग्ने कार्यमा सहयोग गर्न पाउँदा जन्मदिन खास हुने अनुभव आफुले अघिल्लोबर्षबाटै गरेको सुनाउँदै लामगादेले जन्मदिनको अवसरमा शिक्षण सिकाईमा टेवा पुग्ने गरी सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

Similar Posts