एमाले महाधिबेशन प्रतिनिधि:सहमति नभएपछि १२ पदका लागि २६ जनाको उम्मेदवारी कायम

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर १० । सहमतिमा महाधिबेशन प्रतिनिधि छान्ने गृहकार्य सार्थक निश्कर्षमा नपुगेपछि नेकपा एमालेको ११ औं महाधिबेशनका लागि ताप्लेजुङबाट छनौट हुने १२ पदमा २६ जनाको अन्तिम नामावली निर्वाचन समितिले प्रकाशित गरेको छ । यसअघि नेकपा एमालेको ३९ जनाको उम्मेदवारी परेको थियो ।

निर्वाचन समितिका संयोजक रााजकुमार चुडाँलका अनुसार खुल्लातर्फ ६ जना प्रतिनिधि छनौट हुनुपर्ने ठाउँमा १४ जनाको उम्मेदवारी कायम भएको छ । यसअघि २२ जनाको उम्मेदवारी परेको थियो । ६ खुल्ला प्रतिनिधिका लागि दीपेन्द्र पोमू,घनेन्द्र मादेन,अनन्तबहादुर साँवा, मंगलसिंह केदेम,प्रकाश राई(कैलास),छत्रपति प्याकुरेल,कृष्णप्रसाद थापा, कमल फेम्सोहाङ लिम्बू, मातृकाप्रसाद भट्टराई,ज्ञानेन्द्र लावती,सन्तोष प्रसाँई,राधाकृष्ण पौडेल,भूमि तामाङ र सन्तोष चाम्लिङको उम्मेदवारी कायम भएको छ ।

४ जना महिला प्रतिनिधिका लागि ७ जनाको उम्मेदवारी कायम भएको छ । ४ महिला प्रतिनिधिका लागि टीका सुबेदी भट्टराई,प्रमिला खनाल घिमिरे,शान्ताकुमारी आङवुहाङ,कोपिला नेपाली,रनमाया गुरुङ,चन्द्रा भट्टराई र मिनाकुमारी केदेमको उम्मेदवारी कायम भएको छ । ४ पदका लागि ८ जनाको उम्मेदवारी परेको थियो ।

निर्वाचन समिति सदस्य भीष्मराज बरालका अनुसार दलिततर्फको एक प्रतिनिधिका लागि राजु नेपाली, बुद्धिमान परियार र नरबहादुर सुनामको उम्मेदवारी कायम भएको छ । सुरुमा तीनैजनाको उम्मेदवारी थियो । १ युवा (४० बर्ष मुनि उमेर समूह)का लागि ६ जनाको उम्मेदवारी परेकोमा अन्तिममा गोपाल न्यौपाने र सरोज एभेङबिच प्रतिश्पर्धा हुनेगरी अन्तिम नामावली प्रकाशन भएको छ ।

Similar Posts