ताप्लेजुङको लिङखिमका एक व्यक्तिको लडेर ज्यान गयो

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर ९ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिमका एक व्यक्तिको लडेर ज्यान गएको छ ।

ज्यान जानेमा स्थानीय रुपमा कैंजले जेठा भनेर चिनिने बलबहादुर तवेवुङ रहेको स्थानीय मछिन्द्र तवेवुङ लिम्बूले जानकारी दिनुभयो ।

लिम्बूका अनुसार माझ कटेरी भन्ने स्थानमा घाँस काट्न गएका बेला बलबहादुरको लडेर ज्यान गएको हो ।

Similar Posts