१२ स्थायी शिक्षकलाई सामुहिक रुपमा दिइयो नियुक्ति

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक ३० । शिक्षा विकास निर्देशनालय धनकुटाबाट सिफारिस भई आएका १२ जना शिक्षकलाई शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले सामुहिक रुपमा नियुक्ति प्रदान गरेको छ ।

शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार ताप्लेजुङका लागि सिफारिस भएका माध्यमिक तहका नेपाली,अंग्रेजी र सामाजिक बिषयका १२ जनालाई स्थायी नियुक्ति प्रदान गरी कार्यस्थलमा लागि बिदाई गरिएको छ । भट्टराईका अनुसार नेपालीका ३ जना,अंग्रेजीका ४ जना र सामाजिकका ५ जना शिक्षक शिक्षा विकास निर्देशनालय धनकुटाबाट स्थायी नियुक्तिका लागि सिफारिस हुनु भएको थियो ।

भट्टराईका अनुसार नेपाली बिषयतर्फ गंगाकुमारी श्रेष्ठ,मधुकुमारी झा र केशर टमाटा,अंग्रेजी बिषयतर्फ पवित्रा यक्सो लिम्बू,अस्मिता धिमाल,कौशला राई र अजयकुमार महतोले स्थायी नियुक्ति बुझ्नु भएको हो । सामाजिक बिषयतर्फ हरिबहादुर तामाङ,लक्ष्मी थापा,कपिल दर्जी,नवीन श्रेष्ठ र रामानन्दप्रसाद यादवले समेत स्थायी नियुक्ति बुझे्नु भएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।

Similar Posts