सिद्धार्थ बैंकको ताप्लेजुङ शाखामार्फत फुङलिङका दुई बिद्यालयले पाए दराज र टेवल

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक २२ । सिद्धार्थ बैंक लिमिटेडको ताप्लेजुङ शाखाले फुङलिङका दुईवटा बिद्यालयलाई शैक्षिक व्यवस्थापनमा सहयोग पुग्नेगरी दराज तथा टेवल हस्तान्तरण गरेको छ ।

फुङलिङ नगरपालिका वडा नं ८ स्थित मेवाराजा आधारभूत विद्यालय र फुङलिङ नगरपालिका वडा नं ५ स्थित पाथीभरा आधारभूत बिद्यालयलाई १–१ थान स्टिल दराज तथा १–१ थान कार्यालय प्रयोजनमा प्रयोग हुने टेवल प्रदान गरिएको सिद्धार्थ बैंक लिमिटेडको ताप्लेजुङ शाखाका प्रवन्धक घनेन्द्र गुरुङले जानकारी दिनुभयो । सामाजिक उत्तर दायित्व कार्यक्रममार्फत बैंकले यस्तो सहयोग गर्दै आइरहेको जनाएको छ ।

शाखा प्रवन्धक गुरुङका अनुसार अघिल्लो बर्ष सिद्धार्थ बैंकले ताप्लेजुङ जिल्ला अस्पताललाई ह्विल चेयर तथा डस्बिन प्रदान गरेको थियो । सिद्धार्थ बैंकले ताप्लेजुङको फुङलिङको विगत ७ बर्षदेखि बैंकिङ सेवा प्रवाह गरिरहेको छ । सिद्धार्थ बैङ्क लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त ’क’ वर्गको एक निजी वाणिज्य बैङ्क हो । यस बैङ्कको स्थापना वि.सं. २०५९ सालमा भएको हो ।

Similar Posts