पाथीभरा बहुमुखी क्याम्पस प्रमुखलाई पितृशोक

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज ३० । ताप्लेजुङस्थित पाथीभरा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सजन पौडेल पितृ शोकमा पर्नु भएको छ ।

पाथीभरा क्षेत्र विकास समितिका पूर्व अध्यक्ष समेत रहनु भएका पौडेलका बुबा बलराम पौडेलको बिहीबार बिहान पाथीभरा याङवरक गाउँपालिका वडा नं ६ थुम्बेदिनमा निधन भएको हो । उहाँ श्रीमति सहित फुङलिङबाट आफन्तको घर पुग्नु भएको थियो । घर फर्कने तयारी गर्दैगर्दा अचानक उहाँको निधन भएको हो ।

स्वर्गीय पौडेल सेवा निृवत शिक्षक समेत हुनुहुन्थ्यो । उहाँकी श्रीमति,दुई छोरा र तीन बुहारी रहनु भएको छ । उहाँका कान्छा छोरा किरणको दुईबर्ष अघि निधन भएको थियो ।

Similar Posts