ताप्लेजुङका प्रजिअ शर्माको सरुवा,सेढाँई नयाँ प्रजिअ

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ ४ । सरकारले ताप्लेजुङ सहित १३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको सरुवा गरी गृह मन्त्रालयले नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा शिवराज सेढाँईलाई पठाएको छ । सेढाँई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा कार्यरत रहनु भएको थियो । शर्मा सहित सरुवा गरिएकालाई तत्कालका लागि गृह मन्त्रालयमा केन्द्रित गरिएको छ ।

काममा सरल,व्यवहारमा निपूर्ण र सुरक्षामा सम्झौताबिहिन छबी बनाउनु भएका प्रजिअ शर्मा २०८१ साल कात्तिक १२ गते देखि ताप्लेजुङको प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत रहनु भएको थियो ।

 

Similar Posts