ताप्लेजुङमा राष्ट्रिय वनबाट ६० हजार किलो जडिबुटी संकलन

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन ७ । आर्थिक बर्ष २०८१।८२ मा ताप्लेजुङको राष्ट्रिय वनबाट १२ प्रकृतिका झण्डै ६० हजार किलोग्राम जडिबुटी संकलन भएको छ ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी परमेश्वर पासवानका अनुसार कुल ५९ हजार ९ सय किलोग्राम जडिबुटी संकलन भएको हो । जडिबुटी संकलन छुटपूर्जी वापत डिभिजन वन कार्यालयले ३ लाख ३४ हजार ४ सय ५० रुपैयाा राजश्व संकलन गरेको छ ।
पासवानका अनुसार ताप्लेजुङको राष्ट्रिय वनबाट आव २०८१।८२ मा ५ हजार ४ सय किलोग्राम चिराइतो,२ सय ५० किलोग्राम कुट्की,२८ हजार ७ सय ५० किलोग्राम धुपीपात,११ हजार ५ सय किलोग्राम सुनपाति,५० किलोग्राम सुनाखरी,५ सय किलोग्राम मजिठो र ३ सय किलोग्राम पानी अमला संकलन भएको छ ।
पासवानका अनुसार १ हजार किलोग्राम वन प्याज,३ सय ५० किलोग्राम भीर मह,८ हजार ८ सय किलोग्राम लोक्ता,२ हजार ७ सय किलोग्राम अर्गेली र ३ सय किलोग्राम वन लसुन संकलन भएको छ ।