मेरिङदेनले पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड पुस २५–२६ मा नाल्बुमा गर्ने
उज्यालो पोष्ट
ताप्लेजुङ,पुस ८ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस २५ र २६ मा गर्ने भएको छ ।
पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रत्नेश्वरप्रसाद शाहका अनुसार पालिकाको वडा नं ६ नाल्बुस्थित पान्दोलुङ माध्यमिक बिद्यालयको खेल मैदानमा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन हुने छ । जिल्ला खेलकुद विकास समितिले पुस मसान्तसम्ममा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरी त्यसको ७ दिन भित्र खेलको सम्पूर्ण विवरण खेलकुद विकास समितिमा पठाइसक्न यसअघिनै पालिकाहरुलाई अनुरोधपत्र पठाईसकेको छ । सिदिङ्वा र मैवाखोला गाउँपालिकाले यसअघि नै पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरिसकेका छन् ।
यसबर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सिदिङ्वा गाउँपालिकामा हुँदैछ । जिल्ला स्तरीय प्रतियोगिताको आयोजक समेत भएको आन्तरिक तयारी समेतमा ध्यान दिनुपर्ने भन्दै सिदिङ्वाले मंसिर ९ बाटै पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरिसकेको छ । पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरेका पालिकाहरुले जिल्ला स्तरीय प्रतियोगिताका लागि छनौट भएका खेलाडीहरुलाई आन्तरिक बन्द प्रशिक्षणमा राखी प्रशिक्षण गराईरहेका छन् ।