चट्याङले एक जनाको मृत्यु, एक घाइते

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार २५ । ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । प्रहरीका अनुसार सिदिङ्वा गाउँपालिका–३ आङ्खोप थुङरुम्बाका ३५ वर्षीय राजकुमार देवानको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार मंगलबार साँझ घरमा बसिरेहका बेला वर्षासँगै परेको चट्याङ लागेर देवानको मृत्यु भएको हो । चट्याङ लागेर गम्भीर घाइते हुनुभएका देवानको उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।
यस्तै मंगलबार साँझ नै परेको चट्याङले लागेर सोही गाउँपालिका वडा नम्बर ५ लिम्बुदिनका १७ वर्षीय मिसन लिम्बू घाइते हुनुभएको छ । प्रहरी निरीक्षक बस्नेतका अनुसार चट्याङले घाइते हुनुभएका लिम्बूको अनुहारसहित शरीरका विभिन्न भागमा चोट तथा डाम लागेको छ । घाइते लिम्बूको साब्लाखु स्वास्थ्य चौकीमा उपचार गरिएको छ ।