|

एकीकृत सेवामार्फत ताप्लेजुङका २६ सेवाग्राहीले लिए कर सम्वन्धी सेवा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ७ । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले करदाता सेवा कार्यालय पाँचथरसंगको सहकार्यमा ताप्लेजुङमै करदातासंग सम्वन्धित सेवा प्रदान गरेको छ ।

करदाता सेवा कार्यालय नभएको ताप्लेजुङका सेवाग्राही करसंग सम्वन्धित सेवा पाँचथर पुगेर लिनुपर्ने अवस्था रहेको छ । करदाताहरुको आवश्यकता बुझेर ताप्लेजुङबाटै सेवा प्रवाह हुनेगरी एकदिने एकीकृत घुम्ति शिविरको आयोजना गरिएको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख उद्योग अधिकृत लक्ष्मी सुहाङले जानकारी दिनुभयो । उहाँका अनुसार एकीकृत सेवा बितरणका क्रममा १९ वटा उद्योग दर्ता भएका छन् ।

९ वटा उद्योगको नाम परिवर्तन सम्वन्धी सेवा प्रदान गरिएको छ । ७ वटा उद्योगको उद्देश्य थप तथा २ वटा उद्योगको खारेजी सेवा प्रदान भएको सुहाङले दिनुभयो । करदाता सेवा कार्यालय पाँचथरका प्रमुख बद्रीप्रसाद भेटवालको नेतृत्वमा रहेको टोलीले सेवा प्रदान गरेको हो ।

सुहाङका अनुसार एकीकृत सेवा बितरणका क्रममा सबै प्रकारका उद्योग÷बाणिज्य दर्ता तथा नविकरण,उद्देश्य थप,नामसारी,पुँजीबृद्धि,नाम परिवर्तन र खारेजी,व्यक्तिगत,व्यावसायिक,निकाय र संस्थागतको स्थायी लेखा नम्बर जारी,करदाता विवरण अद्यावधिक,केवाईटी जारी,करदाता बायोमेट्रिक अध्यावधिक र उद्योग,बाणिज्य तथा कर सम्वन्धी परार्मश सेवा प्रदान गरिएको छ ।

पाँचथरको फिदिमसम्म पुग्नुपर्ने सेवाग्राहीलाई आफ्नै गृहजिल्लामार्फत सेवा प्रदान गर्न यस्तो एकीकृत घुम्ति सेवा सञ्चालन गरिएको प्रमुख उद्योग अधिकृत सुहाङले जानकारी दिनुभयो ।

Similar Posts