वीरेन्द्रचौकमा किशोरहरुबिच भएको झगडामा संलग्नलाई पक्राउ गरी क्षति तिराएर छाडियो

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख २६ । बुधवार दिउँसो वीरेन्द्रचौक नजिक किशोरहरुबिच एकआपसमा भएको झगडामा संलग्नहरुलाई प्रहरीले नियन्त्रणमा लिई भएको क्षति तिराएर आफन्तको जिम्मा लगाएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार घटनामा ८ जना किशोरहरु संलग्न थिए । घटनापछि फरार रहेका उनीहरुलाई प्रहरीले खोजतलास पछि नियन्त्रणमा लिई उनीहरुको झगडाका कारण एक पसलमा भएको क्षति बराबरको रकम तिराएर छाडिएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।
बस्नेतका अनुसार किशोरहरुका आफन्तले पसलमा भएको क्षति रकम बराबर ६ हजार ५ सय रुपैयाँ तिरेका छन् । १२ बर्ष उमेर समूहका किशोरहरु एकआपसमा झगडा गर्दा घटनास्थल नजिक रहेको एक पसलको सीसा फुटेको थियो ।