नेकपा एस ताप्लेजुङको जिल्ला अधिबेशन जेठ ९–१० मा

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख १० । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी ताप्लेजुङले २०८२ साल जेठ र ९ र १० गते जिल्ला अधिबेशन गर्ने भएको छ ।
नेकपा एसका जिल्ला सचिव मोहन न्यौपानेका अनुसार पार्टीको बैठकले ११ औं जिल्ला अधिबेशनको मिति तय गरेको हो । नेकपा एसका कोशी प्रदेश समिति उपसचिव तथा जिल्ला अध्यक्ष छिरिङ लामाका अनुसार अधिबेशनको उद्घाटनका लागि पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई आमन्त्रण गर्ने निर्णय भएको छ ।
अधिबेशनमा पार्टीका उपमहासचिव तथा कोशी प्रदेशका इञ्चार्ज,पूर्व मुख्यमन्त्री राजेन्द्र राई र कोशी प्रदेश कमिटी अध्यक्ष सरिता थापा खड्कालाई समेत आमन्त्रण गर्ने निर्णय गरेको लामाले जानकारी दिनुभयो ।