यक्सो आठराई त्रिबेणीको शिक्षा समितिमा मनोनित

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ३ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले पालिकाको रिक्त शिक्षा समिति सदस्यमा हर्क यक्सोलाई मनोनित गरेको छ ।

बुधवार बसेको गाउँ शिक्षा समितिको बैठकले यक्सोलाई मनोनित गर्ने निर्णय गरेको आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)का स्वकीय सचिव लेखनाथ भट्टराईले जानकारी दिनुभयो ।

यसअघि शिक्षा समिति सदस्य रहनु भएका सूर्यबहादुर आङवुहाङ बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन भएपछि पालिकाको एकजना शिक्षा समिति सदस्य पद रिक्त थियो । उक्त पदमा पालिकाको शिक्षा समितिले यक्सोलाई मनोनित गरेको हो ।

लामो समयसम्म सरस्वती मावि हाङपाङको प्रधानाध्यापक भएर काम गर्नु भएका यक्सो ताप्लेजुङको बौद्धिक क्षेत्रमा स्थापित व्यक्तिको रुपमा परिचित हुनुहुन्छ । उहाँ लेखन र साहित्यमा समेत पोख्त व्यक्तिको रुपमा रहनु भएको छ ।

 

Similar Posts