| |

फागुन महिनामा तेह्र लाख भेटी संकलन

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत १ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा फागुन महिनामा तेह्र लाख रुपियाँ बढी भेटी रकम संकलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका अनुसार फागुन महिनामा मात्र उक्त रकम बराबर भेटी संकलन भएको हो ।
पाथीभराको दर्शन गनए आएका भक्तजनले चढाएका तथा दान गरेको भेटी रकम संकलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले शुक्रबार सार्वजनिक गरेको भेटी विवरणअनुसार फागुन महिनामा कुल १३ लाख तीन हजार ५०० रुपियाँ संकलन भएको छ ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार पाथीभरामा संकलित उक्त भेटी रकम जिल्लास्थित विभिन्न बैंकमा जम्मा गरिएको छ । भेटी रकम नेपाल बैंक लिमिटेड, लक्ष्मी सनराइज बैंक र एनएमबि बैंकमा रहेको समितिको खातामा जम्मा गरिएको हाङ्बाङले जानकारी दिनुभयो ।
गएको माघ महिनामा भने २४ लाख एक हजार ५०० रुपियाँ भेटी रकम संकलन भएको थियो । समितिले प्रत्येक महिनामा संकलन तथा गणना हुने भेटी रकम सार्वजनिक गर्दै आएको छ । यता फागुन महिनामा सात हजार ४२८ जना भक्तजनले पाथीभराको दर्शन गरेका पनि समितिले जनाएको छ ।

Similar Posts