२०८१ सालको बर्षदिन अवधिमा पाथीभरामा आए २ लाख २१ हजार दर्शनार्थी,तीन करोड बढी भेटी संकलन

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ३१ । २०८१ सालको बैशाख देखि चैत महिनासम्ममा ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा २ लाख २१ हजार ६ सय २ जनाले मन्दिरको दर्शन गरेका छन् ।
पाथीभरा क्षेत्र विकास समितिमा कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार चैत महिनामा मात्र ४० हजार ४ सय ४५ जनाले मन्दिरको दर्शन गरेका छन् । गत बैशाख देखि चैत महिना सम्ममा कुल ३ करोड ५ लाख ५६ हजार १२ रुपैयाँ भेटी संकलन भएको छ । चैत महिनामा ५० लाख ५ सय रुपैयाँ भेटि गणना भएको क्षेत्र विकास समितिले जनाएको छ ।
चालु आव गत साउन देखि चैत मसान्त सम्ममा १ लाख ५८ हजार ७ सय ३५ जनाले मन्दिरको दर्शन गरेका छन् । चालु आवको साउन देखि चैत मसान्त सम्ममा २ करोड ३ लाख ६८ हजार ७ सय ५६ रुपैयाँ भेटि संकलन भएको समेत क्षेत्र विकास समितिले जनाएको छ ।