मैवाखोला पूर्णखोप सुनिश्चित पालिका घोषित

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत २८ । ताप्लेजुङको मैवाखोला गाउँपालिकालाई बिहीबार पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गरिएको छ ।

पालिकाका स्वास्थ्य शाखाका प्रमुख फुर्वा शेर्पाका अनुसार पालिकाका सबै वडाहरुमा १५ महिना सम्मका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप पाएको तथा १६ दखि ५९ महिना सम्मका बालबालिकाको घरघरमै स्वास्थ्यकर्मी गई सर्वेक्षण गर्दा कुनै बालबालिकाले पनि खोप पाउनबाट बञ्चित नभएको देखिएकोले मैवाखोलालाई पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गरिएको हो । पालिका अध्यक्ष तथा गाउँ स्तरीय खोप समन्वय समितिका अध्यक्ष विजयप्रकाश वनेमको अध्यक्षतामा भएको कार्यक्रमबिच मैवाखोला पूर्ण खोप सुनिश्चित भएको पालिका घोषित भएको छ ।

पालिकाले यसअघि वडा नं १ मा ७९ जना तथा वडा नं २ मा ५२ जना बालबालिकामा पूर्ण खोपमा सुनिश्चित भएको भन्दै चैत २० गते,वडा नं ३ मा वडा नं ३ मा ६६ जना तथा वडा नं ४ मा ९१ जना बालबालिकामा पूर्ण खोप सुनिश्चित भएपछि चैत १० गते पूर्ण खोप सुनिश्चित भएको वडा घोषणा गरिएको थियो । यस्तै वडा न ६ मा ७६ जना बालबालिकामा पूर्ण खोप सुनिश्चित भएपछि चैत १५ गते तथा वडा नं ५ मा ५६ जना बालबालिकामा पूर्ण खोप सुनिश्चित भएसंगै चैत २७ गते पूर्ण खोप सुनिश्चित भएको वडा घोषणा भएका थिए ।

प्रत्येक वडा पूर्ण खोप सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गरिएको मैवाखोलाले जनाएको छ । पालिका खोप समन्वय समिति,वडा खोप समन्वय समिति,जनप्रतिनिधि,स्वास्थ्यकर्मी,महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका,टोल विकास संस्थाका प्रतिनिधि,शिक्षक,अभिभावक,प्रहरी प्रशासन,स्थानीय बुद्धिजीवी र समाजसेवी समेतले पूर्ण खोपको निरन्तरता र दिगोपनका बारेमा प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गर्नु भएको छ । ताप्लेजुङमा यसअघि सिदिङ्वा र आठराई त्रिबेणी पूर्ण खोप सुनिश्चित भएको पालिका घोषित भइसकेका छन् ।

 

Similar Posts