सिरिजङ्गाका १३ बिद्यालयले पाए ल्यापटप तथा प्रिन्टर

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस ८ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले पालिकाका १३ वटा सामुदायिक बिद्यालयलाई ल्यापटप तथा प्रिन्टर बितरण गरेको छ ।

बिद्यालयको शैक्षिक वातावरणमा सहयोग पुगोस् भन्ने ध्येयले पालिका उक्त सामग्री बिद्यालयलाई हस्तान्तरण गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुुर आङदेम्बेले जानकारी दिनुभयो । उहाँका अनुसार ३ वटा बिद्यालयले ल्यापटप तथा प्रिन्टर पाएका छन् भने बाँकी १० मध्ये कतिपय बिद्यालयले ल्यापटप र कतिपयले प्रिन्टर पाएका छन् । पालिकाका अनुसार तेल्लोकको भगवती आधारभूत बिद्यालय,खेवाङको महेन्द्र आधारभूत बिद्यालय र याम्फुदिनको कृष्ण आधारभूत बिद्यालयले ल्यापटप तथा प्रिन्टर पाएका छन् ।

सिनामको हरन्दी आधारभूत बिद्यालय,सिकैचाको दुर्गा मावि,मामाङ्खेको सुदाप आधारभूत बिद्यालय र सिनामको डाँडा आधारभूत बिद्यालयले १–१ थान ल्यापटप पाएका छन् । पेदाङको गंगा आधारभूत बिद्यालय,याङपाङ आधारभूत बिद्यालय र भञ्जरे आधारभूत बिद्यालय,आम्बेगुदिनको आर्दश आधारभूत बिद्यालय,सिकैचाको लक्ष्मी आधारभूत बिद्यालय र खेवाङको सितलादेवी आधारभूत बिद्यालयले एक–एक थान प्रिन्टर पाएका छन् । पालिकाका शिक्षा अधिकृत डिल्लीराज खड्काका अनुसार गाउँ शिक्षा समितिका अध्यक्ष समेत रहनु भएका पालिका अध्यक्ष लालकृष्ण चौहानले उक्त सामग्रीहरु मंगलवार सामुहिक रुपमा हस्तान्तरण गर्नु भएको छ ।

Similar Posts