मेरिङदेन,मैवाखोला र मिक्वाखोला छलफलमा बस्ने,मुद्दा साझा सरोकार

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत २१ । ताप्लेजुङका तीन स्थानीय तह साझा सरोकारका बिषयमा छलफलमा बस्ने भएका छन् ।
मेरिङदेन गाउँपालिकाले छलफल कार्यक्रम हुने भन्दै पालिका बाहेकका सरोकारवालालाई पत्राचार गरेको छ । साझा सरोकारका बिषयमा त्रिपक्षीय छलफल मुख्य मुद्दा रहेको मेरिङदेनले जनाएको छ । मिक्वाखोला र मैवाखोला गाउँपालिका उक्त छलफलमा सहभागी हुने भएका छन् ।
छिमेकी गाउँपालिकासंग साझा सरोकारका बिषयमा छलफल भनेपनि आठराई त्रिबेणी गाउँपालिकालाई भने बोलाईएको छैन । निमित्त प्रमुख प्रशासकीय अधिकृत रत्नेश्वरप्रसाद शाहका अनुसार चैत २४ गते बिहान १० बजेदेखि उक्त छलफल हुने छ । यसअघि मैवाखोला गाउँपालिकाले आठराई त्रिबेणी र मेरिङदेन गाउँपालिकालाई आमन्त्रण गरी समसामयिक र साझा सरोकारका बिषयमा छलफल चलाएको थियो ।