निघुरादिन पूर्ण खोप सुनिश्चितता वडा घोषित

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत १३ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका वडा नं १ निघुरादिन पूर्ण खोप सुनिश्चितता वडा घोषणा भएको छ ।
पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले प्रमुख अतिथिकोतर्फबाट निघुरादिनलाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गर्नु भएको छ । पालिकाका सबै वडा पूर्णखोप सुनिश्चितता वडा घोषणा भएपछि आठराई त्रिबेणी गाउँपालिका पूर्ण खोप सुनिश्चितता भएको पालिका घोषणा गरिने छ ।
ताप्लेजुङमा सिदिङ्वा गाउँपालिका यसअघि नै पूर्णखोप सुनिश्चितता भएको पालिका भइसकेको छ । कार्यक्रममा आठराई त्रिबेणी गाउँपालिका वडा नं १ का वडाध्यक्ष रामप्रसाद पाठक,पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लीलाराज खड्का सहितको उपस्थिति रहेको थियो ।