| |

पहिरो पीडितलाई प्रदेश सांसद हाङगाम र काँग्रेस ताप्लेजुङको राहत

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार २४ । नेपाली काँग्रेस ताप्लेजुङ र कोशी प्रदेशसभाका सदस्य खगेनसिंह हाङ्गामद्वारा पहिरो प्रभावित परिवारलाई राहत वितरण गरिएको छ । असारको पहिलो साता मैवाखोला गाउँपालिकामा गएको पहिरोबाट प्रभावित परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको हो ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति र प्रदेशसभा सदस्य हाङ्गामको पहलमा संकलन भएको खाद्यान्न सामग्री पहिरो प्रभावितलाई वितरण गरिएको हो । नेपाली काँग्रेस जिल्ला सभापति गजेन्द्र तुम्याहाङ र प्रदेशसभा सदस्य हाङ्गामसहितको टोलीले मैवाखोला गाउँपालिका पुगेर पहिरो प्रभावित एकसय १४ परिवारलाई राहत सामग्री वितरण गरेको हो ।
गत असार २ गते भीषण वर्षासँगै गएको पहिरका कारण मैवाखोला गाउँपालिका–४ साँघुको ओदक र ताम्राङका पहिरो प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ । पीडित परिवारलाई वितरण गरिएको राहत सामग्रीमा चामल २५ किलोग्राम, दाल तीन किलोग्राम, नुन र चिनी दुई–दुई किलोग्राम र खानेतेल एक लिटरको दर रहेको छ । नुहाउने र लुगा धुने साबुनलगायतका सामग्री पनि वितरण गरिएको नेपाली काँग्रेस ताप्लेजुङले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts