सिदिङ्वालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत ६ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । बुधबार कार्यक्रम आयोजना गरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
गाउँपालिका अध्यक्ष मानबहादुर राई, उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना), प्रमुख प्रशासकीय अधिकृत विकास विकसहितको सहभागिता रहेको कार्यक्रमकाबिच सिदिङ्वालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । गाउँपालिकाका सात वटै वडामा रहेका १५ महिनाका शिशु तथा १६ देखि ५९ महिनाका बालबालिकालाई आवश्यक सबै खोप लगाएपछि पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।
सिदिङ्वा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख प्रदीपकुमार शाहका अनुसार पालिकाभित्र ६४० जना लक्षित उमेरका शिशु तथा बालबालिकालाई खोप लगाइएको छ । खोप कार्यक्रम सम्पन्न भएसँगै गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको शाखा प्रमुख शाहले जानकारी दिनुभयो । यसअघि प्रत्येक वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको थियो ।
यता गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा कार्यक्रमका अवसरमा सबै स्वास्थ्य संस्थाका प्रमुख र स्वास्थ्य संस्थालाई सम्मानपत्र प्रदान गरिएको छ । पूर्ण खोप सुनिश्चित पालिका घोषणाका लागि सहयोग तथा योगदान पु¥याएको मूल्यांकन गरी स्वास्थ्यकर्मीलाई सम्मानपत्र र स्वास्थ्य संस्थालाई प्रमाणपत्र प्रदान गरिएको शाखा प्रमुख शाहले जानकारी दिनुभयो ।