मेरिङदेनमा पशु स्वास्थ्य बाँझोपन निवारण तथा रेबिज रोग नियन्त्रण शिविर हुने

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत ६ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले पशु स्वास्थ्य बाँझोपन निवारण तथा रेबिज रोग नियन्त्रण शिविर सञ्चालन गर्ने भएको छ ।

दुबै शिविर चैत १२ देखि १८ गते सम्म पालिकाले प्रत्येक वडामा पुगेर सञ्चालन गर्ने पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उदयकुमार यादवले जानकारी दिनुभयो । चैत १२ गते वडा नं ६ नाल्बुको वडा कार्यालयमा पशु स्वास्थ्य तथा बाँझोपना निवारण शिविर सञ्चालन हुने छ भने रेबिज रोग नियन्त्रण शिविर भने चाँगा र नाल्बुमा हुने भएको छ ।

वडा नं ५ थुकिमामा चैत १ गते दुबै शिविर सञ्चालन हुने छ । यस्तै चैत १४ गते वडा नं ४ लिङतेपमा,चैत १५ गते वडा नं ३ खाम्लुङमा,चैत १७ गते वडा नं २ सान्थाक्रामा र चैत १८ गते वडा नं १ थिङलाबुमा कार्यक्रम हुने पालिकाले जनाएको छ ।

Similar Posts