होलीमा जबरजस्ति रंग नदल्न र लोला नहान्न ताप्लेजुङ प्रशासनको आग्रह,जबरजस्ति रंग दले कारवाही

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन २८ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले परिचित व्यक्ति,आफन्त र साथीभाईबिच मात्र होली खेल्न र जबरजस्ति नगर्न आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बुधवार एक विज्ञप्ति जारी गर्दै होली पर्व सभ्य,शिष्ट र मर्यादित रुपले मनाउन सबैलाई आग्रह गर्नु भएको छ । कसैको इच्छा विपरित जबरजस्ति रंग नदल्न,लोला वा अन्य कुनै पदार्थ नहान्न र नलगाउन प्रशासन कार्यालयले आग्रह गरेको छ ।

उक्त बमोजिम नगरी कानुन विपरितका कार्य गरी सार्वजनिक शान्ति भंग हुन गएमा कानुन बमोजिम कडा कारवाही गर्ने चेतावनी स्थानीय प्रशासनले दिएको छ । प्रशासन कार्यालयले सबैलाई शुभकामना पनि दिएको छ ।

 

Similar Posts