सिएसआर रकम बारे शुक्रवार खेवाङमा छलफल हुने

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन २२ । जलविद्युत आयोजनाले खर्च गर्ने सामुदायिक उत्तरदायित्व(सिएसआर) अन्तरगतको रकम खर्च सम्वन्धी प्रकृयामा जनगुनासो आएपछि ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले शुक्रवार खेवाङमा छलफल गर्ने भएको छ ।

सिरिजङ्गा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेका अनुसार पालिकाको वडा नं ७ खेवाङको वडा कार्यालयमा वृहत्त छलफल कार्यक्रम आयोजना हुन लागेको हो ।

सामाजिक उत्तरदायित्वको रकमबाट वडा नं खेवाङमा कुन कुन आयोजना सञ्चचालन भएको र उक्त रकम खर्च भएको छ भनी सोको जानकारी स्थानीयले माग गरेपछि उक्त बिषयमा छलफल गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत आङदेम्बेले जानकारी दिनुभयो ।

 

Similar Posts